विश्वकप छनौटमा नेपालले पहिलो खेल चीनसँग खेल्दै,यस्तो छ खेल तालिका

काठमाडौं,जेठ १८। अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनौट खेलको खेल तालिका सार्वजनिक गरेको छ ।

 

 

तालिका अनुसार नेपालले पहिलो खेल चिनियाँ टोलीसँग खेल्ने भएको छ । जुन ३ अर्थात २० जेठमा नेपालले चाइनिज ताइपेईसँग भिड्ने छ ।

 

 

त्यस्तै नेपालले दोस्रो खोल जुन ७ अर्थात जेठ २४ गते जोर्डनसँग र जुन ११ अर्थात जेठ १८ गते शुक्रबार अस्ट्रेलियासँग तेस्रो खेल खेल्ने छ । तीनै खेल कुवेतमा हुनेछ । नेपाली राष्ट्रिय टोली कुवेतमा पुगेर अभ्यास थालिसकेको छ ।