नेपाली सेनालाई दियो अष्ट्रेलियाले स्वास्थ्य सामग्री

काठमाडौ.,जेठ २२। नेपाली सेनाले अष्ट्रेलियाबाट कोरोनाविरुद्धको स्वास्थ्य सामग्री पाएको छ । अष्ट्रेलियाका राजदूत फेलोसिटी भल्कले ती स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्।

 

 

अष्ट्रेलियाले नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको हो। बलाधिकृत रथी शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोगप्रति आभार प्रकट गरे।

 

 

कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत आज नेपाल ल्याईएको थियो।