मदिरा खुवाएर राउटे युवतीमाथि दुर्व्यवहार गर्ने होटेल सञ्चालकसहित ३ जना पक्राउ

काठमाडौं,जेठ २३। सुर्खेतमा मदिरा खुवाएर लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने युवा पक्राउ परेका छन्।

 

 

 दुईजना राउटे युवतीलाई होटेलमा लिएर मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले युवतीमाथि दुव्यवहार गर्ने ३ जनालाई पक्राउ गरिसकेको छ ।

 

 

यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।

 

 

 प्रहरीका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका-९ बोटेचौर सुर्खेतका २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन् बुढा रहेका छन् ।

 

 

  तीनजना युवाले राउटे समुदायकी दुईजना युवतीलाई लिएर आफू अर्धनग्न भएर भिडिओ बनाएका थिए।उनीहरूले बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

पछिल्लो समय सामाजिक सञ्जाल युट्युव, टिकटक र फेसबुकमा भाइरल बनाइएका राउटे समुदायका युवतीहरूमाथि दुर्व्यवहार हुन थालेको हो ।उनीहरूलाई कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।