ललिता निवास जग्गा प्रकरण:कारणसहित उपस्थित हुन ४९ जनाविरुद्ध २१ दिने सूचना जारी

काठमाडौं,जेठ २३। भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले ललिता निवास प्रकरणमा ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ।

 

 

आइतबार गोरखापत्रमा प्रकाशित सूचना अनुसार उनीहरु तीन साताभित्र मालपोत कार्यालयको सम्पर्कमा कारणसहित उपस्थित नभए सम्बन्धित व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा जानेछ।

 

 

दुई महिना अघि नै ४९ जनाको घरमा म्याद तामेल गरिएकोमा जग्गाको कारण सरकारको नाममा ल्याउन नपर्ने भन्ने जवाफ दिन उपस्थित नभएको सूचनामा उल्लेख छ।

 

 

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो।