बस र अटो ठोक्किँदा १७ जनाको मृत्यु,६ जना घाइते

काठमाडौं। भारतको कानपुर-इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किँदा १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

 

तीव्र गतिको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएर दुर्घटना भएको थियो। लखनउबाट नयाँ दिल्ली जाँदै गरेको शताव्दी ट्राभल्सको बस मंगलबार साँझ मजदुरहरु सवार अटोसँग ठोक्किएको थियो।

 

 

दुर्घटनामा मृत्यु भएकाहरुमध्ये धेरैजसो बिस्कुट फ्याक्ट्रीमा काम गर्ने मजदुरहरु रहेको स्थानीय अधिकारीहरुले बताएका छन्।