संसद विघटनविरुद्धको मुद्दाको फैसला आउने दिन तोकियो

काठमाडौ,जेठ २६। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको फैसला हुने दिन तोकिएको छ । असार दोस्रो साताभित्रै फैसला आउने अदालतले जनाएको छ ।

 

 

संवैधानिक इजलासले बहसको समयसीमा समेत तोकेर १५ घण्टाभित्र दुवै पक्षको वहस सकिने गरि समय प्रदान गर्ने आदेश जारी गरेको छ ।

 

 

इजलास समक्ष छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकका तर्फबाट बढीमा १२ घण्टा समय पाउने छन् । सरकारको तर्फबाट ३ घण्टाभित्र प्रत्युत्तर बहस हुनेछ ।

 

 

कानुन व्यवसायीले बढीमा आधा घण्टामात्र समय पाउने गरि निर्धारण गरिएको छ । यो मुद्दालाई चाँडो किनारा लगाउनु आवश्यक हुँदा निरन्तर सुनुवाई प्रक्रिया अपनाइने भएको छ ।

 

 

यो हिसाबले सुनुवाइ सुरू भएको दुई दिनमा फैसला आउन सक्ने अनुमान गरिएको छ । संवैधानिक इजलासको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट दुई दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीमा पठाउन समेत आदेश जारी भएको छ ।