कांग्रेस यी तीन मन्त्रालयसहित सरकारमा जाने तयारी

काठमाडौं,जेठ २६। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमा सहभागि हुने भएको छ । प्रदेश २ का रामसरोज यादवको नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने निर्णय गरेको छ ।

 

 

बुधबार मुख्यमन्त्री लालबाबु राउत र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सरकारमा जाने सहमति भएको हो ।

 

 

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा र महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयसहित सरकारमा जाने सहमति भएको जनाईएको छ । ती मन्त्रीहरूको शपथग्रहण साँझ ७ः३० बजे तय भएको बताईन्छ ।