ओली समूहले आपत्तिजनक भने पनि,वैद्यको अभिव्यक्ति प्रति नेपाल समूहको समर्थन

काठमाडौं,जेठ २९।नेपाली कांग्रेस बागमती प्रदेशसभाका कांग्रेस सांसद नरोत्तम बैद्यले दिएको आपत्तिजनक अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

 

सांसद वैद्यले प्रधानमन्त्रीको हत्या गर्न आफू नाथुराम गोड्से बन्न तयार रहेको भनी दिएको अभिव्यक्ति एमाले मात्रै होइन उनकै पार्टी कांग्रेसले पनि आपत्ति जनाएको छ ।

 

तर नेकपा एमाले माधव नेपाल पक्षका एक जना नेताले भने सो अभिव्यक्तिमाथि समर्थन जनाएका छन् ।

 

 

एमाले केन्द्रीय सदस्य मेटमणी चौधरीले फेसबुकमा लामो स्टाटस लेख्दै नरोत्तम वैद्यको अभिव्यक्ति सबैलाई अप्रिय लागे पनि सत्य यहि हो भनेका छन् । उनले सत्य उजागर गरेकोमा वैद्यलाई धन्यवाद समेत दिएका छन् ।

 

 

उनले फेसबुकमा लेखेका छन्, ‘माननीय नरोत्तमको अभिब्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य पनि हो ।

 

 

नेपाली मनोबिज्ञानलाई बाग्मति प्रदेशको रोष्टमबाट बोलिएको बिषयमा धेरैले आलोचना गरिरहे पनि तितो सत्य उजागर गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु ।

 

 

यसैले वहाँले न माफि माँग्नु पर्दछ न त पश्चाताप १ बरू हामि शासक भनिनेहरू नै प्रणालि ध्वस्त गर्ने बिषयमा ख्याल गरौ, संविधान मिचेकोमा पश्चाताप गरौ ।

 

 

अदालतले बेठिक ठहर गरेको बिषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफि मागौ र आगमि दिनमा गल्ति नगर्ने बिषमा प्रतिबद्दता जाहेर गरौ ।

 

 

अतस् अब जनताहरूका मनोबिज्ञान बुझौ, सो अनुसारको व्यवहार र आचरण देखाऔँ । जनताहरूका मन जितौ, गुमेको साख उठाऔँ । कसैसँग बदलाको भाव नराखौ । यसैमा हामी सबैको कल्याण हुन्छ ।