काठमाडौंमा आजदेखि पुनः कोरोना विरुद्धको खोप,यी स्थानमा लगाइँदै (सूचीसहित)

काठमाडौं,जेठ ३१। स्थगित भएको कोरोन विरुद्धको खोप अभियान काठमाडौं महानगरपालिकामा आजदेखि फेरि सुरु भएको छ ।

 

 

खोप अभाव परिपूर्ति नहुँदा स्थगित भएको खोप कार्यक्रम आजदेखि फेरि सुरु भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

 

 

महानगरपालिकाले एक सूचना जारी गरेर ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिले चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन पाउने जनाएको छ।

 

 

खोपका लागि काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोपकेन्द्र तोकिएको छ ।

 

 

महानगरपालिकाले सूचना जारी गरी खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीले खोप पाउने जनाएको छ । खोप अभियान भोलीसम्म चल्ने जनाइएको छ ।