सिन्धुपाल्चोकमा भीषण बाढीले जनधन क्षतिको आशंका

काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची र इन्दावती नदीमा आएको भीषण बाढीले धेरैको हाताहाती भएको बताइएको छ। स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सामाजिक सञ्जालमै कम्तिमा ५० जना बेपत्ता भएको, मेलम्ची खानेपानीको ड्याम भत्काएको र दर्जनौं पुलहरु भत्काएको जानकारी दिएका छन्।

 

 

यस विषयमा प्रहरीसँग बुझ्दा मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिइयो। तर उनीहरुले धेरैको हाताहाती भएको हुनसक्ने अनुमान गरेका छन्।

 

 

सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

 

 

सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार हालसम्म ३ पुरुष र एक महिला गरी ४ जना बेपत्ता भएको पुष्टि भएको छ।

 

 

यता एसपी राजन अधिकारीले अहिलेसम्म क्षतिको एकीन हुन नसकेको जानकारी दिए। उनले क्षति पुर्याएको सबै क्षेत्रमा टोली परिचाल गरेको तर हालसम्म जनधनको क्षति विवरण एकीन भइनसकेको जानकारी दिए।