कोरोना खोप पुर्‍याउन गएकी २६ वर्षीया अस्मीताको शव भेटियो

काठमाडौ।कोरोनाविरुद्धको खोप लगायतका स्वास्थ्य सामग्री पुर्‍याउन गएकी एक स्वास्थ्यकर्मीको शव भेटिएको छ ।

 

 

जोगबुढा अस्पतालमा स्वास्थ्य सामग्री पुर्‍याउन जाने क्रममा बेपत्ता भएकी २६ वर्षीया अस्मीता धामीको शनिबार शव भेटिएको हो । उनी डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानी अधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन् ।

 

 

परिवारका सदस्यहरुले अस्मीताको खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय जोगबुढामा निवेदन दिएका थिए।

 

 

खोजीका क्रममा शनिबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

 

स्थानीयले भने अस्मीताको शव हत्या गरेर फालेको जस्तो अवस्थामा फेला परेको बताएका छन्। तर प्रहरीले भने पुष्टि गरको छैन् ।

 

 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय जोगबुढाबाट टोली परिचालन गरिएको छ।