माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले खाली गर्‍यो जलाशयको पानी

काठमाडौं। तिब्बतमा पहिरो गएर तामाकोशी नदी थुनेपछि त्यसको खतरालाई मध्यनजर गर्दै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आफ्नो जलाशय खाली गर्न थालेको छ ।

 

 

नेपाल तिब्बत सिमानाको तिब्बततर्फ भिषण बर्षा र पहिरोले गर्दा नदि थुनिएको कारण लामाबगर तिर बाढिको खतरा बढेको छ ।

 

 

शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहयाक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

 

 

कुनै पनि वेला उक्त खोलाबाट बाढी आउन सक्ने सम्भावना रहेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी खाली गरिएको आयोजनाले जनाएको छ ।