सशस्त्र प्रहरी जवान पदको परीक्षामा सफल भएकाहरुलाई,अन्तर्वार्तामा आउन आह्वान,यी ७३ केन्द्रमा सम्पर्क गर्न आग्रह (सूचीसहित)

काठमाडौं। सशस्त्र प्रहरीले खुलाएको पछिल्लो विज्ञापनमा उत्तीर्ण भएकाहरुलाई अन्तर्वार्ता लिइने भएको छ।

 

सशस्त्र प्रहरी बलले प्रेस विज्ञप्ति जारी ग्दै मिति २०७७ असोज २४ गते प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको सम्पूर्ण परीक्षामा सफल भएका उम्मेदवारहरुले अन्तर्वार्ता परीक्षा सञ्चालन भएका कार्यालयहरु वा आफूलाई पायक पर्ने सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरुमा सम्पर्क गर्न आह्वान गरिएको छ।

 

 

 

अन्तर्वार्तामा आउँदा बाबुको नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, समावेशी समूह अन्तर्गतको सफल उम्मदेवारहरुले आ-आफ्नो समूहको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको ५/५ प्रति फोट र ४-४ प्रति रेकर्ड फाइल लिएर आउन भनिएको छ।

 

 

अन्तर्वार्ता असार १३ गते बिहान १० बजेदेखि हुने जारी विज्ञप्तिमा उल्लेख छ।

अन्तर्वार्ता लिइने निम्न कार्यालयहरु तोकिएको छ।