पतिसँग अलग्गै बस्ने सांसद गर्भवती भएपछि उनको पद खारेज गर्न माग

काठमाडौं। तृणमूल कांग्रेसकी सांसद नुसरतको वैवाहिक मुद्दा लोकसभामा पुगेको छ। भारतीय जनता पार्टीकी सांसद संघमित्रा मौर्यले सभामुख ओम बिडलालाई चिठी लेख्दै नुसरतको सांसद पद रद्द गर्न माग गरेकी छन्।

 

 

मौर्याले चिठीमा नुसरतको आचरण अमर्यादित रहेको, वैवाहिक सम्बन्धलाई लिएर भोटरहरुलाई धोका दिएको आरोप लगाएकी छन्। नुसरतकै कारण संसदको गरिमामा समेत आँच पुगेको चिठीमा उल्लेख छ।

 

 

मौर्याले संसदमै पनि बेहुली बनेर आएको, बंगालका मुख्यमन्त्री ममता बनर्जी स्वयं नुसरतको रिप्शेसन पार्टीमा गएको तर अहिले आफ्नै वैवाहिक सम्बन्धलाई अवैधानिक रहेको बताउनु नुसरतको आचरणमाथि प्रश्न उठाएकी छन्।

 

 

पति निखिल जैनसँग नुसरतले टर्कीमा विवाह गरेकी थिइन्। तर विगत ६ महिनादेखि उनी अलग्गै बस्दै आएकी थिइन्।

 

 

यसबीचमा नुसरत गर्भवती बनिन्। उनी गर्भवती भएपछि वैवाहिक सम्बन्धलाई लिएर टीकाटीप्पणी सुरु भएको थियो।

 

 

पछिल्लो समय नुसरत अर्कैसँग प्रेम सम्बन्धमा रहेको र गर्भमा रहेको बच्चा पनि उनैको भएको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन्।