एमाले प्रवेश गरेर पद गुमाएका माओवादीका यी हुन् १४ जनप्रतिनिधि (सूचीसहित)

काठमाडौं। नेकपा एमालेमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।

 

निर्वाचन आयोगले एक सूचना जारी गर्दै दुई मेयर, पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो ।

 

 

पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

 

 

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरेको थियो ।

 

 

माओवादीले दिएको दल त्याग गरेको जानकारीका आधारमा निर्वाचन आयोगले १४ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त रहेको सूचना प्रकाशन गरेको हो।

 

 

एमालेमा जाँदा पद गुमाउनेमा दुई जना मेयर पनि छन्। उनीहरू प्रभु साहको पक्षका छन्। साह पनि माओवादी छाडेर एमालेमा गएका थिए। उनले पनि सांसद पद गुमाएका छन्।

 

 

पद गुमाउनेमा रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, गोनाही नगरपालिका उपप्रमुख परनियादेवी देवाही, मौलानपुर नगरपालिका उपप्रमुख गौरीशंकर जयसवाल, विजयपुर नगरपालिका उपप्रमुख कान्तीदेवी फतुवा, मानवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह रहेका छन्।

 

हेर्नुस् कहाँ कहाँका जनप्रतिनिधिको पद गुम्यो