विश्वासको मत लिन सक्दिनँ भन्ने लागे प्रधानमन्त्रीको जाने ठाउँ संसद हो कि राष्ट्रपति ?

काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा निवेदकको तर्फबाट आज बहस सकिँदैछ । आज तेस्रो दिन पनि संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।

 

 

बहसका क्रममा निवेदक शेरबहादुर देउवा पक्षका कानुन व्यवसायी दिनमणि पोखरेललाई प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणाले प्रश्न गर्दै ‘मैले विश्वासको मत लिन सक्दिनँ भन्ने लागेपछि प्रधानमन्त्रीले त्यो भन्न जाने ठाउँ संसद हो कि राष्ट्रपति रु’ सोधेका थिए ।

 

 

बहसका क्रममा पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (२)अनुसार बहुमत नपाएपछि उनैलाई धारा ७६ (३)अनुसार प्रधानमन्त्री बनाउन नहुने बताएपछि प्रधान न्यायाधीश राणाले प्रश्न गरेका थिए ।

 

 

कानुन व्यवसायी पोखरेलले त्यस्को जवाफमा ‘प्रधानमन्त्री बनाउने एउटा प्रक्रियामा गएपछि, आधार देखाएपछि अब राष्ट्रपतिले विश्वासको मत पाउने अवस्था छररछैन विश्लेषण गर्ने होइन,भनेका छन्।

 

 

 

एक पटक संसदमा विश्वासको मत गुमाएको व्यक्ति फेरि प्रधानमन्त्री बन्न नहुने उनले बताए। अब विश्वासको मत पाउन सक्दिनँ भन्ने लागेर मार्ग प्रशस्त गर्नु भयो।

 

 

 

मार्ग प्रशस्त भनेको त अरूलाई गर्ने हो नि। फेरि अरूलाई छोडिदिएको बाटोमा आफैं बाँध हाल्न जान मिल्छ ? पोखरेलले भनेका छन्।