ओलीको पटक-पटकको धोकाले वाक्क दिक्क भइसक्यौँ, हस्ताक्षर फिर्तामा पुन: विचार हुँदैन् :नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पटक–पटकको धोका र चालबाजीले आफूहरू केपी ओलीबाट वाक्क दिक्क भएको बताएका छन् छ ।

 

 

शनिबार विपक्षी गठबन्धनले आयोजबना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले केपी ओली प्रवृत्तिले आफूहरू वाक्क दिक्क भएको बताएका हुन ।

 

 

नेकपा एमालेबाट नेकपा हुँदै फेरि एमाले हुँदासम्म पनि केपी ओलीले श्वेच्छाचारी प्रवृत्ति देखाएको उनको आरोप छ ।

 

 

नेता नेपालले सर्वोच्च अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ताको विषयका पुन:  विचार नहुने बताउनुभयो। संविधानको धारा ७६(५)मा दलिय व्यवस्था नभइ सांसद्लाई जिम्मेवारी दिएको उहाँको तर्क छ।