नेपालमा थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि,थप ४९१४ जना संक्रमणमुक्त,३० जनाको मृत्यु

काठमाडौं। नेपालमा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार  पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शनिबार थप २ हजार १६ जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ।

 

सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ हजार ८०६ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८४२ जनामा संक्रमण पुष्टि भएको हो।

 

यस्तै ४ हजार ९१४ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ८१ हजार ३२७ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ।

 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ५२ कोरोना संक्रमित फेला परेका छन्।

 

थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका १८१ रहेका छन्। यस्तै, भक्तपुरमा २५ र ललितपुरमा ४६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।