काठमाडौं उपत्यकामा मंगलबारदेखि थप यी क्षेत्र खोल्ने तयारी

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी गरिएको छ। यसअघि जारी निषेधाज्ञा सोमबार रातिदेखि सकिँदै छ।

 

 

 

कोरोना भाइरसको पछिल्लो नयाँ खतरनाक प्रकार डेल्टा प्लस देखिएको तथा संक्रमण पनि नघटेकाले निषेधाज्ञाको अवधि फेरि थप्न लागेको ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

 

 

 

उनले थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको बताए। तर सार्वजनिक यातायात खुोल्ने विषयको टुंगो नलागेको बताए।

 

 

सरकारले यसअघि नै आन्तरिक उडान खुला गर्ने निर्णय गरिसकेको छ। त्यही भएर पनि प्रशासनलाई सार्वजनिक यातायात खुलाउने दबाब छ।

 

 

उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुले यसअघि नै निजी सवारीसाधनमा जोर-विजोर प्रणाली लागू गरेका छन् भने बारअनुसार पसलहरु खुल्न दिइएको छ। यसपटक थप क्षेत्र खुला गर्ने बताइएको छ।