काठमाडौंको न्यूरोडमा ८ वर्षीया बालिका बलात्कृत,३५ वर्षीय युवा पक्राउ

काठमाडौं। काठमाडौंको न्यूरोडमा ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । महानगरपालिकाको वडा नम्बर २३ धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जग्गामा पार्किङ गरेर राखेको गाडीको आडमा शनिबार बालिका बलात्कृत भएकी हुन्।

 

 

बलात्कारको आरोपमा वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले धादिङ धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको छ।

 

तामाङविरुद्ध जबरजस्ती करणको कसूरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको वृत्त जनसेवाले जानकारी दिएको छ।