नेपाली सीमाक्षेत्रमा भारतीय दादागिरी बन्द गर्न अखिल (क्रान्तिकारी)को चेतावनी (प्रेस वक्तव्यसहित)

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले लामो समयदेखि भारतले नेपाली सिमानजिक एकतर्फीरुपमा बाँध बाँध्ने, सडक निर्माण गर्ने र नेपालतर्फ सीमास्तम्भ सार्नेजस्ता काम पटक–पटक गर्दै आएकोमा आपति जनाएको छ ।

 

 

त्यस्तै लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका ७३ भन्दा बढी ठाउँमा सीमा मिच्नुका साथै १०,०१९ वर्ग कि।मि।भन्दा बढी नेपाली भूभाग कब्जा गरेको विज्ञप्तिमा जनाइएको छ ।भारतले सीमासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको ठाडो उल्लङ्घन गरिरहेको छ ।

 

झापा, रौतहट, परासी, भैरहवालगायत सीमावर्ती डेढ दर्जनभन्दा बढी ठाउँहरुमा भारतले नेपालपट्टि पर्ने गरी अनाधिकृत तटबन्ध बनाएको छ ।

 

भारतको यस्तो दादागिरी रोक्नका लागि नेपाल सरकारलाई गम्भीर हुन हामी हार्दिक अपिल गर्दछाै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा जारी विज्ञप्तिमा भनिएकाे छ। 

सीमाक्षेत्रमा भारतीय दादागिरी बन्द गर !

भारतले मनपरी ढङ्गले दसगजाआसपास वर्षायाममा समेत बाँध, तटबन्ध र सडक निर्माणकार्य गरिरहेकोप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

एकतर्फीरुपमा बाँध बाँध्ने, सडक निर्माण गर्ने र नेपालतर्फ सीमास्तम्भ सार्नेजस्ता काम भारतले पटक–पटक गर्दै आएको छ ।

 

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ७३ भन्दा बढी ठाउँमा सीमा मिच्नुका साथै १०,०१९ वर्ग कि.मि.भन्दा बढी नेपाली भूभाग कब्जा गरेको छ ।

 

 

तर, नेपाल सरकार यी समस्याको समाधानतर्फ गम्भीर नभएको कुरा प्रष्ट छ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा पाठ्यक्रममा व्यवहारतः समावेश गरेको छैन ।

 

 

केवल राष्ट्रिय स्वाधीनतालाई दाउमा राख्ने र सत्तास्वार्थको खेलमै तल्लीन रहेको देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट सिङ्गो नेपाल आक्रान्त बनेको मौका छोपी भारतले मानसरोवरसम्म जाने पक्की बाटो निर्माण गर्ने क्रममा भारतीय गृहमन्त्री राजनाथ सिंहको निर्देशनमा दार्चुलाको व्यास गाउँपालिकाका जनतालाई त्रसित बनाई आवातजावतमा समेत रोक लगाई गतिविधि गरिरहँदा सत्तापक्ष र प्रतिपक्ष कोही पनि जिम्मेवार नहुनुले संसदीय राजनीतिक दलहरु केवल सत्तास्वार्थको निम्ति भारतको गुलामी गर्नमै तल्लीन छन् भन्ने कुरासमेत पुष्टि हुन्छ । वर्षायाममा कयौं नेपाली बस्तीहरु डुबानमा पर्दै आएका छन् ।

 

 

अझ दिनप्रतिदिन यो समस्या झनै विकराल बन्दै गइरहेको छ । भारतले सीमासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको ठाडो उल्लङ्घन गरिरहेको छ ।

 

 

झापा, रौतहट, परासी, भैरहवालगायत सीमावर्ती डेढ दर्जनभन्दा बढी ठाउँहरुमा भारतले नेपालपट्टि पर्ने गरी अनाधिकृत तटबन्ध बनाएको छ ।

 

 

भारतको यस्तो दादागिरी रोक्नका लागि नेपाल सरकारलाई गम्भीर हुन हामी हार्दिक अपिल गर्दछौं । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नेपाल सरकारलाई दीर्घकालीन सीमासम्बन्धी समस्या हल गर्न, नेपाली भूभागको रक्षा गर्न र जबर्जस्तीरुपमा भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायत आफ्ना भूभाग फिर्ता लिनका लागि जोडदार आग्रह गर्दछौं ।

 

 

अन्यथा, राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा, नेपाली भूमिको रक्षा र सम्पूर्ण अतिक्रमित नेपाली भूमि फिर्ताका लागि आमजनतालाई अपिल गर्दै सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।