संसद विघटनविरुद्धको रिट निवेदक पक्षका वकिलहरुको बहस सकियो

काठमाडौं। संसद विघटनविरुद्धको मुद्दामा रिट निवेदक पक्षका वकिलहरुको बहस सकिएको छ ।

 

 

संवैधानिक इजलासमा निरन्तर सुनुवाइ उक्त मुद्दामा बहस गर्न देउवा पक्षका वकिललाई १२ घन्टा बहस गर्ने समय दिइएको थियो।

 

 

उक्त समयमा देउवा पक्षका २५ भन्दा बढी अधिवक्ताहरूले बहस गरेका छन्।

 

 

उनीहरूले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

 

 

देउवाका वकिलले थप तीन घन्टा जवाफी बहस गर्न पाउने छन्।

 

 

सोमबारदेखि सरकार पक्षका वकिलको बहस सुरू हुनेछ। सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन्।