उपत्यकामा सार्वजनिक यतायात जोर बिजोर प्रणालीमा चलाउन पाउने,पसल साँझ ६ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।

 

 

सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय भएको छ।  

 

 

ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ। अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने  निर्णय गरिएको छैन ।

 

 

 अबदेखी खाद्यान्न पसल साँझ ६ बजेसम्म खोल्न पाइने भएकाे छ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।

 

 

कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको छ ।