कांग्रेसले ‘प्रचण्ड पथ’लाई मार्गदर्शक सिद्धान्त बनायोः ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले ‘प्रचण्ड पथ’लाई मार्गदर्शक सिद्धान्त बनाएको बताएका छन्।

 

सोमबार बालुवाटारमा आयोजित मदन भण्डारी जन्मजयन्तिको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

 

 

कांग्रेस प्रचण्ड पथमा हिँडेपछि कांग्रेस नेताहरु नाथुराम गोड्से खोजेर हिँड्न थालेको उनको भनाइ छ। ‘नाथुराम खोज्ने, नभए आफैं बन्ने भनेको प्रचण्ड पथ नै अंगालेको हो।’, उनले भने ।

 

 

प्रचण्ड पथ अस्थिरता र हिंसाको सिद्धान्त रहेको उनको भनाइ छ। उनले थपे, ‘अस्थिरताको खेति गरेको छ, देश कता जान्छ मतलब छैन। कांग्रेस त्यहाँ पुग्नु भनेको प्रचण्ड पथ नै अंगालेको हो।’

 

 

उनले प्रचण्ड पथ चर्चा सर्वोच्च अदालततर्फ पनि हुने गरेको बताए। उनले भने, ‘प्रचण्ड पथ यति व्याप्त भइसक्यो कि नेपाली कांग्रेसले अंगालेको छ।

 

 

त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि सर्वोच्च अदालतमा पनि चर्चा हुन्छ।’ सर्वोच्च अदालतमा प्रचण्डका एउटा कार्यकर्ताले न्यायाधीशकै अघि हिंसालाई दुरुत्साहन गरेको उनको आरोप छ।

 

 

उनले भने, ‘फ्रान्स र बेलायतमा राजाहरू किन काटिन्छन् भन्दा अहिलेका राष्ट्रपति र प्रधाननमन्त्रीले जस्तै गर्दा रहेछन् र काटिनुपर्छ भनेर अदालतमै भनियो।

 

 

नेपाली कांग्रेसका कार्यकर्ताले अर्को ठाउँमा भने। हिंसालाई दुरुत्साहन दिने काम गर्दा पनि अदालतले रोकेन। विद्वान अधिवक्ताजी वक्तव्य सम्हालेर राख्नुहोस् भन्ने सुझाव पनि राख्न सक्नुहुन्न र रु