लागूऔषध ३ केजी गाँजासहित थापा पक्राउ

काठमाडौं। तीन किलो लागूऔषध गाँजा सहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापा रहेका छन् ।

 

 

 

घरमा करिब ३ किलो लागूऔषध गाँजा लुकाएर राखेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।