सर्वोच्चले संविधानको धारा ७६ (५) को व्याख्या गरेको हो,राष्ट्रपतिले प्रयोग गरेको भाषा आपत्तिजनक: प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शेरबहादुर देउवालाई सर्वोच्चले नभएर संविधानको धारा ५ ले प्रधानमन्त्री नियुक्त गरेको बताएका छन् ।

 

 

अदालतले देउवालाई प्रधानमन्त्री नबनाएको उल्लेख गर्दै उनले संविधानको व्याख्या गरेको बताए ।

 

 

उनले संसद विघटन गर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रतिपनि आक्रोश व्यक्त गरे । उनले भने, ‘दुई तिहाइ बहुमत छँदाछँदै पटक—पटक संसद भंग गर्ने घटना पक्कै पनि ठिक नभएको बताएका छन्।

 

 

 

यस्तो दुर्दशा हुन्छ भनेर थाहा पाएको भए किन गठबन्धनको प्रस्ताव गर्थें होला ? एमाले नेता प्रदीप ज्ञवालीलाई जवाफ दिँदै उनले यस्तो भनेका हुन् ।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहणको क्रममा राष्ट्रपति कार्यालयले प्रयोग गरेको भाषा आपत्तिजनक रहेको उनले बताए।