आज यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना,सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको महाशाखाले जनाएको छ ।

 

 

हाल मौसमको अवस्था देशभर सामान्य देखि पुर्ण बदली रहि केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

 

 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ

 

 

 

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी रधेरै भारी वर्षाको सम्भावना रहेको छ।

 

 

बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

 

 

साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।