जसपाको आधिकारिकता विवाद आज टुंगिदै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद समाधान गर्न निर्वाचन आयोगको इजलास आज बस्दै छ। आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ। यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो।

 

 

दुवैपक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ।

 

 

जसपाको केन्द्रीयकारिणी समितिको बहुमत उपेन्द्र पक्षले दाबी गरेको छ। तर महन्थ ठाकुरले पनि पुस ७ गतेको निर्णयलाई टेकेर कार्यकारिणी समिति हेरफेर गरेका विवरण आयोगमा बुझाएका छन्।

 

 

 

जसपाको संघीय संसदीय दलमा ३४ जना सांसद छन् भने प्रतिनिधिसभामा ३२ जना छन्। पछिल्लो पटक यादव पक्षको बैठकमा ठाकुर पक्षका प्रमोद साह, रुही नाज, नरमाया ढकाल, रानी मण्डल, अमृता अग्रहरी र रेनुका गुरुङ सहभागी भएका थिए।

 

 

 

यादव पक्षलाई संसदीय दलमा ४० प्रतिशत पुर्‍याउन कम्तिमा १३ जना सांसद चाहिन्छ। अहिले प्रतिनिधिसभामा ठाकुर पक्षका १२ जना सांसद छन् भने राष्ट्रियसभामा १ जना छन्।

 

 

आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो।