कोरोनाको उच्च जोखिमका कारण स्थगित कक्षा १२ को परीक्षा तयारीमा विद्यालय

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन्।

 

 

 

वैशाखमा हुनुपर्ने परीक्षाको कोर्ष फागुन चैतमै सकेको थियो। कोरोना उच्च जोखिमका कारण सरेको परीक्षा चाार महिनापछि साउन ३१ गतेदेखि सञ्चालन हुने तय भएको छ।

 

 

 

परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने भएपछि विद्यार्थीहरूलेनै आफुले अध्ययन गरेका विषयवस्तुहरू लेख्ने र पढ्ने बानी बिर्सेको भन्दै विद्यालयहरूमा पुनःतयारीको दबाब दिएपछि विद्यालयहरूले सोमबारदेखि विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा १२ को प्रि–बोर्ड परीक्षा सञ्चालन गरेका छन्।

 

 

 

छाउनीमा रहेको काठमाडौं भ्याली स्कुल कलेजमा सोमबार पुग्दा विद्यार्थीहरू स्वास्थ्य सुरक्षाको मापदन्ड पूर्ण रूपमा पालना गरी प्रि–बोर्ड परीक्षाका लागि पुगेका थिए।

 

 

 

विहानै सवेरै परीक्षाको तयारीकोलागि प्रि–बोर्ड परीक्षामा सहभागिता जनाउँन पुगेका विद्यार्थीहरू मास्क, स्यानिटाइजर, फेससिल्ड लगाएतका सम्पूर्ण मापदन्ड पालना गरेका थिए।

 

 

 

मनमा कोरोनाको त्रास भए पनि आफ्नो परीक्षा ढिलाइ कारण भविष्य नै अन्योलमा परेकोले भौतिक उपस्थितमै स्वास्थ्य सुरक्षाको मापदन्ड पालना गरेर परीक्षा दिन पाउदा खसी लागेको सुनाए । यति मात्र होइन प्रि–बोर्ड परीक्षाले विर्सेका विषयवस्तुहरू ताजा हुने विद्यार्थीहरूको भनाइ थियो।

 

 

 

 

‘आज सोमबार अंग्रेजी विषयको परीक्षा हो। धेरैपछि हामीले घरमा परीक्षाका लागि भनेरै अध्ययन गर्न पाउँदा आफूले पहिले पढेको सबै बिर्सेको जस्तो पो महसुस भयो,’ म्याली भ्यु स्कुल परीक्षामा सहभागी एक विद्यार्थीले नागरिकसँगको भेटमा भने, ‘तीन घन्टाको परीक्षामा लेख्ने बानीसमेत छुटिसकेको मलाई महसुस भयो।

 

 

 

स्कुलले लिएको प्रि–बोर्ड परीक्षाले कम्तीमा साउन ३१ गतेको फाइनल बोर्ड परीक्षाको लागि भने तयारी गराएको हामीलाई महसुस भयो।

 

 

यति मात्र होइन परीक्षा बोर्डले साउन अघिनै कक्षा ११को अन्तिम परीक्षासमेत सक्न निर्देशन दिएपछि विद्यालयहरू कक्षा १२ को प्रि–बोर्ड साथै कक्षा ११को परीक्षा पनि सकाउने तरखरमा लागेका छन्।

 

 

 

परीक्षा बोर्डले कोरोना जोखिम उच्च भएकोले यसपटक कक्षा १२को परीक्षा भौतिक उपस्थितमै भए पनि होम सेन्टरबाटै सञ्चालन गर्ने निर्देशन दिएको छ।

नागरिक दैनिकमा खबर छ।