आधिकारिकता पाएसँगै उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक

काटमाठौँ । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । मंगलबार दिउसो २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।

 

 

पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने कार्यकारिणी सदस्य रामनरेश राय यादवले बताए ।

 

निर्वाचन आयोगमा हिजो भएको हेड काउन्टमा उपेन्द्र यादवको पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए । सोलगत्तै आयोगले उपेन्द्र यादव नेतृत्वको जसपालाई आधिकारिकता दिँदै महन्थ ठाकुर पक्षलाई प्रक्रिया पुर्याएर नयाँ पार्टी दर्ता गर्न आउन भनेको थियो ।