सानिमा लाइफको आइपिओमा अहिलेसम्मकै उच्च आवेदन, कतिले पाउँछन् सेयर ?

 

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सको आइपिओमा अहिलेसम्मकै उच्च आवेदन परेको छ। बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार ४ः ५० बजेसम्म २३ लाख ९८ हजारले आवेदन दिएका छन्।

 

आइपिओमा आवेदन दिएको यो संख्या अहिलेसम्मकै उच्च हो। बैंकमार्फत आउने आवेदन र अन्तिसम्म प्राप्त संख्या जोड्दा अझै बढ्न सक्नेछ। कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले कुल ६० लाख कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गरेको हो।

 

जसमध्ये ३ लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन भएको हो। कम्पनीको आइपिओ ५ लाख ४० हजारले १० कित्ताका दरले पाउने छन्।

 

अर्थात भरेकामध्ये साढे २२ प्रतिशतले मात्रै १० कित्ताका दरले सेयर पाउने छन्। २०७४ मंसिरबाट यो कम्पनीले कारोबार सुरु गर्दै आएको छ। चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो अवधिसम्म खुद १ अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेको छ।

 

आब ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७४ पैसा र प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७३ पैसा अनुमान छ।