थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

१० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २ हजार २९४ जना निको भएका छन् ।