केन्द्रीय कमिटीको बैठक आजै सक्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ। आईतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो।

 

बैठकमा नेताको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले आजको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टलाई भोलि बस्ने स्थायी कमिटीको बैठकले व्याख्या र निस्कर्ष निकाल्ने बताए।

 

आजको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ। समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ।