कुलमानको प्राधिकरणमा गरिएको नियुक्तिविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

 

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट गरेका छन् ।

 

उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका हुन् । उक्त रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ।

 

आफूलाई राजीनामा गर्न दवाव दिएको तर आफूले राजीनामा नदिएको भन्दै शाक्यले आफूलाई जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने सरकारको निर्णय गलत भएको दाबी गरेका छन् ।

 

आफूले त्यो पद अस्वीकार गरेकाले प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफ्नो हक कायमै हुने उनले बताए ।