मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

 

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन् ।

 

 

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारबारे आइतबार पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संयुक्त छलफल गरेका थिए ।