करेन्ट लागेर सप्तरीमा एक जना बालकको मृत्यु

काठमाडौँ। भुईँमा लत्रिएको विद्युतीय तारमा परी करेन्ट लागेर सप्तरीमा एक जना बालकको मृत्यु भएको छ ।

 

 

डाक्नेश्वरी नगरपालिका-१० रंजितपुर निवासी पवन यादको गोठमा विद्युतीय तार लत्रेको थियो । लत्रेको नाङो तारबाट करेन्ट लाग्दा उनका ९ वर्षीय छोरा अर्जुनको मृत्यु भएको छ ।

 

प्रहरीका अनुसार गोठमा खेल्ने क्रममा बालकलाई लत्रिएको विद्युतको नाङो तारबाट करेन्ट लाग्दा मृत्यु भएको हो । करेन्ट लागेर सिकिस्त भएका बकालकलाई उपचारका लागि कल्याणपुरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

 

 

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।