प्रदेश १ का यी सांसद रोज्ने नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । बुधबार नेकपा एमालेमा उनीहरूले नयाँ पार्टी रोजेका हुन् ।

 

 

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका छन् ।

 

 

१० जनाले नयाँ पार्टी रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले विश्वासको मत लिनुपर्नेछ ।