कांग्रेस महाधिवेशन :तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं। नेपाली कांग्रेस तेह्रथुमले ४३ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाका ६ वटा स्थानीय तहका ४३ वटा वडाम १ हजार ६ सय ८६ पदाधिकारी निर्वाचित भएका हुन् ।

 

 

अधिवेशनले गाउँपालिकाको वडाबाट ३७ जना गरी जम्मा ८ सय ८८ र प्रत्येक नगरपालिकाका वडाबाट ४२ जना गरी ७ सय ९८ जना चयन गरेको हो ।

 

 

 

त्यसमध्ये ६ सय ४५ जना क्षेत्रीय प्रतिनिधि बनेका छन् ४३ जना वडा सभापति चयन भएका छन् । क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले जिल्ला अधिवेशनमा भाग लिनेछन् ।

 

 

ती ६ सय ८८ जनाबाट गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको जिल्ला अधिवेशनका सहायक निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए । न्युज कारखाना,