नेपालमा १८ सय ९७ जना कोरोना संक्रमित फेला

काठमाडौं । नेपालमा १८ सय ९७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १४ सय ८८ जना र ४३ सय ७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १७ सय ४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ भने ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् ।