माओवादी संसदीय दलको बैठक सिंहदरवारमा जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । बुधबार संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरू भएको हो ।

 

 

आज अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। उक्त बैठकअगाडि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाइएको हो ।

 

 

अहिले उक्त बैठक कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । तर प्रमुख प्रतिपक्षी एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ ।