नेपालमा थप १५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

१० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन् ।