निर्वाचनमा माओवादी नै पहिलो पार्टी बन्ने प्रचण्डको दावी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र नै पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

 

पोस्टबहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् । उनले अब आफूहरूले देशको नेतृत्व गर्ने अवस्था आउन सक्ने पनि बताए।

 

 

प्रचण्डले नेताहरूमा पद र प्रतिष्ठाप्रति लालच, व्यक्तिगत स्वार्थ, गुट बनाउने प्रवृति विकास हुँदै गएको उल्लेख गर्दै माओवादी पनि अरू बुर्जुवा पार्टीजस्तै बन्ने दिशातिर गएको बताए ।

 

 

उनले भने, ‘अहिले पनि माओवादी केन्द्र देशको सर्वाधिक पार्टी हो । यसको तुलना अरूसँग हुन सक्दैन ।

 

उनले संविधान संशोधनका लागि आवश्यक परे सडकमा जाने पनि बताए ।

 

संविधान बनाउँदा नै आफूले निर्वाचन प्रणाली, शासकीय स्वरूपका विषयमा ‘नोट अफ डिसेन्ट’ राखेको उनले स्मरण गरेका छन् ।