चीनबाट ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप आइपुग्यो

काठमाडौं। कोरोना भाइरविरुद्धको भेरोसेल खोपको ४४ लाख डोज नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाजले आज चीनबाट ४४ लाख डोज खोप ल्याएको हा ।

 

 

 

निगमको वाइडबडी—३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।

 

 

 

यो समेत गरी नेपालमा अहिलेसम्म अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो।