आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।

 

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली सहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एकदुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

 

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

उक्त स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।