एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज मंगलबार बस्दै छ । एमालेबाट अलग भएपछि गठन भएको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

 

 

भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल हुने बताइएको छ ।

 

 

 

बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल हुनेछ । बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ ।

 

 

बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ। सङ्गठन विस्तारका लागि सदस्यता वितरण गर्ने एकीकृत समाजवादीको तयारी छ ।