नेपालमा थप १४७८ जनामा कोरोना संक्रमण पुष्टि,थप ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने १ हजार ६३० जना निको भएका छन्।

 

 

 

मन्त्रालयका अनुसार ११हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

 

 

 

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन् । जसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 

 

कोरोनाका बिरामीमध्ये ३३४ जना आईसीयू र १९९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४३ जना क्वारेन्टाइनमा रहेका छन् ।