आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं।जल तथा मौस म विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखा आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

 

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको छ ।

 

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ। 

 

 

उक्त स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।