सत्तारुढ गठबन्धनबीच यसरी मिल्यो भागबण्डा,आजै मन्त्रिपरिषद् विस्तार हुनसक्ने

काठमाडौं। सत्तारुढ गठबन्धनबीच मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको छ। गठबन्धन आबद्ध पाँच दलबीच मन्त्रालयमा भागबण्डा मिलेपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको सत्ता गठबन्धनका एक नेताले जानकारी दिए।

 

 

उनका अनुसार कुनै विमति नभए आज मन्त्रिपरिषद् विस्तार हुन्छ। गठबन्धनमा बनेको सहमति अनुसार कांग्रेसले जम्मा ७ मन्त्रालय पाउने छ। त्यस्तै माओवादी केन्द्रले ६ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति छ।

 

 

 

नेकपा एकीकृत समाजवादीले ५ मन्त्री र १ राज्यमन्त्री, जनता समाजवादी पार्टी (जसपा) ले ४ मन्त्री र १ राज्यमन्त्री राख्ने सहमति भएको छ।