आज मिति २०७८ साल असोज ८ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ- व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु सफल रुपमा सम्पन्न हुनेछन् । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने हुदा पद प्राप्तीको योग रहेकेछ । आफन्त तथा सहयोगीको साथ पाईने हुनाले कामहरु गर्न जोस जागर बढ्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

 

 

 

 

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो-बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ ।

 

 

 

 

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा- कामगर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

 

 

 

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो-पढाई लेखाईमा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै उत्तम हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । सम्मानिम ब्याक्तिहरु सँग बिवाद बढ्नेछ भने आर्थिक ब्याबस्थापनका लागि चालिएका प्रयासहरु अर्थहिन हुनेछन् ।

 

 

 

सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे- अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ ।

 

 

 

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो- खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । अरुतिरै ध्यान जादा वा अध्ययन अध्यापनमा समय दिन नसक्दा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकेमात्र दिन रमाईलो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सानो गल्ति गर्नाले ठुलो घाटा सहनु पर्नेछ भने नियम संगत काम नगर्दा दण्ड तिुर्नपर्ने हुन सक्छ ।

 

 

 

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते-माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिधिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा हुनेछ ।

 

 

 

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू-मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ ।

 

 

 

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे-भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।

 

 

 

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी-खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । भौतिक सम्पति आकस्मिक लाभ हुनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।

 

 

 

कुम्भ ,गे,गो,सा,सी,सू,से,सो,दा-छोटो दुरिको व्यावसायिक यात्रा हुँने भएपनि उपलब्धिभने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनेछ । लेखनकला तथा साहित्यको पाटो थाति रहनेछ ।

 

 

 

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची- सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ ।