क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले गण्डकी प्रदेश भेला आयोजक कमिटी गठन

काठमाडाैं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले गण्डकी प्रदेश भेला आयोजक कमिटी गठन गरेकाे छ। 

 

 

साे कार्यक्रमकाे संचालन मन कुमार न्यौपाने गरेका थिए भने प्रमुख अतिथि संगठनका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल, अतिथिहरु पार्टी पिविएम तथा गण्डकी प्रदेश सेक्रेटरी क.किशोर,केन्द्रिय सदस्य बाबुराम सुवेदी,केन्द्रिय सदस्य क. नारायण अधिकारी, देजमो नेपाल गण्डकी प्रदेशका अध्यक्ष क. नेत्र रानाभाट,गण्डकी प्रदेश सचिवालय सदस्य क.भिम श्रीसलगाएतका नेताहरूकाे सहभागिता रहेकाे थियाे। 

 

 

विहिबार प्रदेश भेला आयोजक कमिटी गठन गरिएकाे हो। अखिल (क्रान्तिकारी)ले गण्डकी प्रदेशमा ७ सदस्यीय प्रदेश भेला आयोजक कमिटी गठन गरिएको हाे।

 

 
कमिटीकाे संयोजकमा मन कुमार न्यौपाने चयन भएका छन्। त्यस्तै सदस्यहरुमा शंकर बस्याल, इन्द्रमान बुढामगर, मिरा थापासहित ७ सदस्य रहने गरि कमिटी गठन गरिएकाे छ। 
 
 
 
प्रदेश भेला आयोजक कमिटी गठन गरीएको अखिल क्रान्तिकारीका प्रदेश संयोजक न्यौपाने बताए।  
 
 
 
त्यस्तै आयोजक कमिटी गठन पछि प्रमुख अतिथि तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरीकृष्ण गजुरेलले शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने सर्वसुलभ र जनताको पहुँचमा हुनुपर्ने बताएका छन्।  
 
 
 
 
 
 
अहिलेको शिक्षा दलाल, भ्रष्ट र शैक्षीक माफियाहरुको नियन्त्रणमा रहेको आरोप लगाएका छन्।उनले शैक्षिक क्षेत्रको समग्र विकासका लागी शिक्षा र स्वास्थ्य पुर्ण रुपमा निःशुल्क गर्नका लागी अखिल (क्रान्तिकारी) संघर्षरत रहेको उनले बताए ।